Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टी-ट्वान्टी: नेपाल लगातार तेस्रो जित निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा

टी-ट्वान्टी: नेपाल लगातार तेस्रो जित निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७८ बिहिवार • १६:५७:३१ बजे
  • 1.5K
    SHARES
  • टी-ट्वान्टी: नेपाल लगातार तेस्रो जित निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा

    नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनल पुगेको हो । यससँगै नेपालले आफ्नो ५० औं टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ ।

    images

    नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

    दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो । नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो ।

    दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले । पीएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए ।

    यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १÷१ विकेट लिए । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन ।

    पीएनजी पुछारमा रहेको छ । मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology