गण्डकी प्रदेशको एक मात्र तराईको जिल्ला नवलपुरमा पछिल्लो समय संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।शनिबार विहान नवलपुरमा थप २१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशानालयले जानकारी गराएको छ ।
जिल्लाको विनय त्रिवेणी गाउँपालिकामा २० जना संक्रमित थपिएका छन् । वडा नं ६ मा ११ जना र वडा ७ मा ८ जना संक्रमित थपिएका छन् । गैंडाकोट नगरपालिकामा एक जना २५ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या २०७७ पुगेको छ ।