Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दिपेन्द्रको शतकीय पारीमा नेपालको शानदार जित

दिपेन्द्रको शतकीय पारीमा नेपालको शानदार जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०७८ शनिवार • १७:१८:२३ बजे
  • 1.3K
    SHARES
  • दिपेन्द्रको शतकीय पारीमा नेपालको शानदार जित

    त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको छ । सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

    images

    त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १३८ रनमा अलआउट भयो । मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे ।

    कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । कुशल भुर्तेलले आआफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरमा पहिलो बलको पहिलो विकेट लिन सफल भए ।

    त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २२३ रन बनाएको थियो । दिपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठुलो स्कोर बनायो । दिपेन्द्रले अविजित रहँदै १ सय १० रनको इनिङ खेले ।

    उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रियमा पहिलो शतक पूरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो ।

    यस्तै दिपेन्द्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानबाट फाइनल पुगेको छ ।

    उपाधिका लागि नेपालले पपुवा न्युगिनीसँग खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # नेपालको शानदार जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology