Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७८ सोमवार • ०९:५६:३२ बजे
  • 1.8K
    SHARES
  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    भरतपुर महानगरपालिका–७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेमबस्ति चोकतर्फ जाँदै गरेको बा ६३ प ७४०६ नम्बरको मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    images

    तीव्र गतिको मोटरसाइकलले अनियन्त्रित भएर दुध बोकेको ठेलागाडा र रोकिराखेको बागमती प्रदेश ०३–०४ प ५३२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर–१५ फुलबारीका २५ वर्षीय एक्सन गौतम रहेका छन् । गौतमको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    मोटरसाइकलको ठक्करबाट ठेलागाडामा दुध बोकेर प्रेमबस्ती चोकतर्फ आउँदै गरेका भरतपुर–७ स्थित युनिक गाईफार्ममा कार्यरत ४६ वर्षीय प्रकाश आले घाइते भएका छन् ।

    उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । स्कुटर रोकेर आडैमा बसेकी स्कुटर चालक भरतपुर–७ कि गीता पौडेल सामान्य घाइते भएकी छन् ।

  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology