Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रचना रिमाल मैदान प्रवेश गरेर ट्रफी उचालेको विषयमा क्यानले सोध्यो स्पष्टीकरण

रचना रिमाल मैदान प्रवेश गरेर ट्रफी उचालेको विषयमा क्यानले सोध्यो स्पष्टीकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७८ बुधवार • १२:१५:०२ बजे
  • 1.5K
    SHARES
  • रचना रिमाल मैदान प्रवेश गरेर ट्रफी उचालेको विषयमा क्यानले सोध्यो स्पष्टीकरण

    त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टीकरण सोधेको छ ।

    images

    सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शनमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको थियो ।

    पुरस्कार वितरण समारोहमा गायिका रचना रिमाल र दर्शक नै मैदान प्रवेश गरी ट्रफीसहित फोटो सामाजिक सञ्जालमा राखिएको भेटेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।

    नेपाल र पपुवा न्युगिनीबीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार क्यानले सुन्बी होल्डिङसँग स्पष्टीकरण सोधेको हो । सुन्बी होल्डिङ क्यानको पार्टनर हो । यसअघि क्यानले प्रतियोगिताको मर्सियल राइट सुन्बी होल्डिङलाई दिएको थियो ।

    सुन्बी होल्डिङले टिकटको लागि आईएमी–पे र सुरक्षाको लागि केटीएमलाई जिम्मा दिएको थियो । खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो ।

    क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो । दर्शकदीर्घाबाट खेल हेर्न प्रवेश गरेकी गायिका रचना रिमाल पुरस्कार वितरण समारोहमा भने मैदान प्रवेश गर्दै कप्तान सन्दीप लामिछानेलगायत खेलाडीसँग फोटो खिच्न भ्याएकी थिइन् ।

    उनले आफ्नो सामाजिक सञ्जालमा भिडियो र फोटोसमेत ‘पोष्ट’ गरेकी छिन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology