Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

गोली लागेर शान्ति सेनामा कार्यरत अनिल गुरुङको मृत्यु

गोली लागेर शान्ति सेनामा कार्यरत अनिल गुरुङको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७८ बुधवार • १२:१६:५० बजे
  • 1.6K
    SHARES
  • गोली लागेर शान्ति सेनामा कार्यरत अनिल गुरुङको मृत्यु

    कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारका क्रममा मृत्यु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङको मृत्यु भएको हो ।

    images

    उनको बुनियामा रहेको लेबल–२ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल लगिएका थियो ।

    प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा सञ्चालन भएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिसनमा कार्यरत गुरुङलाई गोली लागेको थियो ।

    उनी संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारी अनुसार पहिला विद्रोहीको कब्जामा रहेको जमिनलाई उनीहरुबाट छुटाइ नेपाली सेना उक्त स्थानमा पुगेको थियो ।

    त्यसै क्रममा अज्ञात स्थलबाट विद्रोहीले चलाएको गोली लागि उनी घाइते भएका थिए। अप्रेसन बाली नाम दिइएको सो कारबाहीका बाँकी सबै सदस्य सैनिक सुरक्षित रहेको सिलवालले बताए ।

  • सम्बन्धित विषय:

  • # अनिल गुरुङको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology