Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गहना लुटपाटपछि महिलाको हत्या

गहना लुटपाटपछि महिलाको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०७८ बिहिवार • ११:०१:०३ बजे
  • 1.3K
    SHARES
  • गहना लुटपाटपछि महिलाको हत्या

    उदयपुरको त्रियुगा नगरपालिका–१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ ।

    images

    घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनको गयराति हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएको श्रीमान् बच्चुलाल चौधरीले बताए ।

    घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ । श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए ।

    दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् । घटना स्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो ।

    मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology