Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बलात्कार प्रकरण : पल शाहलाई थुनामा राख्न आदेश

बलात्कार प्रकरण : पल शाहलाई थुनामा राख्न आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७८ शुक्रवार • ०९:३०:४१ बजे
  • 1.5K
    SHARES
  • बलात्कार प्रकरण : पल शाहलाई थुनामा राख्न आदेश

    तनहुँ । नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ ।

    images

    नवलपुर जिल्ला अदालतमा शाहसँग मंगलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

    न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मका लागि थुनामै राख्न आदेश दिएपछि कलाकार शाहलाई पुनः बुधबार राति कारागार ल्याइ राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    कावासोतीस्थित नवलपुर जिल्ला अदालतले तनहुँ कारागारमा नै थुनामा राख्न आदेश भएकाले बुधबार राति १२ः३० बजे तनहुँ कारागारमा राखिएको उनले बताए ।

    शाहलाई तनहुँका अतिरिक्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोप उजुरी परेपछि नवलपरासीमा हाजिर गराइएको थियो ।

    एक वर्षअघि नवलपुरको गैँडाकोटमा सुटिङको क्रममा मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै व्यास नगरपालिका–१० की एक किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि किटानी जाहेरी दिएकी थिइन् ।

    त्यसपछि चैत ३ गते जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको थियो । शाहका वकिलले तनहुँ जिल्ला अदालतको पुर्पक्षका लागि तनहुँ कारागारमा राख्न भनेको आदेशविरुद्ध चैत १५ गते निवेदन दिएका थिए ।

    निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग राखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # बलात्कार प्रकरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology