Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तपाईंकाे राशिफल

तपाईंकाे राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७८ आइतवार • १०:२०:१६ बजे
  • 2.2K
    SHARES
  • तपाईंकाे राशिफल

    आजको राशिफल 

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ कामका अघि बढ्नु बेश हुने छ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईको लागि आज अर्थलाभ हुने छ । व्यापारबाट नसोचेको आर्थिकलाभ प्राप्त हुने छ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुने छ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : स्वास्थ्यमा सुधार हुने छ । धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुने छ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा सफलता मिल्ने छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउन सक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु होला । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन तपाईले कुनै नयाँ र शुभकार्य गर्नु लाग्नु भएको छ भने शुभ हुने छ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले आइतबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुन सक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नु होला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुन सक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नु होला । आजको दिन व्रत गर्नु निकै फलदायी हुने छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : छोटो दुरीको यात्रा हुन सक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउन सक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुने छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता हुन सक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानी हुन सक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज तपाईको सोच अनुसार काम हुने छ । बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको सुरुवात समेत गर्न सक्नु हुने छ । आज सुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुने छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नु हुने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । त्यसैले काम गर्दा विचार पुर्याउनु होला । आजको दिन मित्रमण्डलीबाट असहयोग हुन सक्ने छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : व्यापारबाट लाभ हुने छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम सुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुन सक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्न सक्छ ।  

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुने छ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्ने छ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जाने छ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । आजको दिन तपाईले गर्ने काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्ने छ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्ने छ ।

  • सम्बन्धित विषय:

  • # तपाईंकाे राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology