Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नयाँ लाइसेन्सको आवेदन जेठ १ बाट

नयाँ लाइसेन्सको आवेदन जेठ १ बाट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७८ आइतवार • ११:२६:२८ बजे
  • 1.4K
    SHARES
  • नयाँ लाइसेन्सको आवेदन जेठ १ बाट

    सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ ।

    images

    नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ।

    नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ।

    विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ।

    नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो ।

    फाराम भरेकाको परीक्षाको पालो दुई वर्ष पछिसम्म परेको थियो।

    यो काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ।

    यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology