Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आइपिएल २०२२ : राजस्थान र दिल्लीको जित

आइपिएल २०२२ : राजस्थान र दिल्लीको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७८ सोमवार • ०८:३३:३१ बजे
  • 1.3K
    SHARES
  • आइपिएल २०२२ : राजस्थान र दिल्लीको जित

    इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।

    images

    जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो । लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए ।

    मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे । राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बइमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो । राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए ।

    देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे । जितसँगै राजस्थान ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनउ ५ खेलमा ३ जित दुई हार सहित पाँचौँ स्थानमा छ ।

    यस्तै, अर्को खेलमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकाता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ । दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो । कोलकाताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए ।

    दिल्लीका कुलदीप यादवले ४ तथा खलिल अहमदले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो । दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउदा पृथ्वी शाँले ५१ रनको योगदान गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology