Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक २९ वर्षीया महिलाको शंकास्पद मृत्यु

एक २९ वर्षीया महिलाको शंकास्पद मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०७९ बिहिवार • १२:२०:०५ बजे
  • 1.4K
    SHARES
  • एक २९ वर्षीया महिलाको शंकास्पद मृत्यु

    रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डनको आफ्नै घरमा मृत्यु भएको हो ।

    images

    बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक-पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

    अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ ।

    अस्पताल पुर्‍याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको मृतककी आमा सावित्रा खत्रीले बताइन् ।

    ‘राति साढे ८ बजेसम्म छोरी माइतमै थिई,ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो’ सावित्राले भनिन्, ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’

    छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको सावित्राले बताइन् । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो ।

    पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् । विष सेवन गरेको भए माइती, प्रहरी र छरछिमेकलाई जानकारी गराइन्थ्यो तर त्यसो नभई योजनावद्धरुपमा हत्या गरेर विष सेवनको बहाना बनाएर अस्पताल पुर्‍याइएको छिमेकी कमला पोखरेलले बताइन् ।

    घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका छन् ।

    मृतकका श्रीमान्, साुर ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology