Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आइपिएल २०२२ः नवप्रवेशी गुजरात शीर्ष स्थानमा उक्लियो

आइपिएल २०२२ः नवप्रवेशी गुजरात शीर्ष स्थानमा उक्लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०७९ शुक्रवार • ०९:१७:४४ बजे
  • 1.5K
    SHARES
  • आइपिएल २०२२ः नवप्रवेशी गुजरात शीर्ष स्थानमा उक्लियो

    राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

    images

    बिहीबार मुम्बइमा १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनाउन सक्यो ।

    राजस्थानका जोश बट्लरले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटमायरले २९ रनको योगदान गरे ।

    गुजरातका लकी फर्गुसन र यश डायलले समान तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेको थियो ।

    गुजरातका कप्तान हार्दिक पाण्डयले सर्वाधिक अविजित र ८७ रन बनाए । यस्तै, अभिनव मनोहरले ४३ रनको योगदान गरे ।

    जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । राजस्थानले ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology