Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सत्यता यही हो हामी एसिया कपमा स्थान बनाउन सक्दैनौँ:प्रशिक्षक अब्दुल्ला

सत्यता यही हो हामी एसिया कपमा स्थान बनाउन सक्दैनौँ:प्रशिक्षक अब्दुल्ला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०७९ शुक्रवार • ११:४९:५३ बजे
  • 1.4K
    SHARES
  • सत्यता यही हो हामी एसिया कपमा स्थान बनाउन सक्दैनौँ:प्रशिक्षक अब्दुल्ला

    नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् ।

    images

    नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको जनाउँदै सत्यता नै टिम छनोट हुन नसक्ने बताए । ‘हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौँ,’ शुक्रबार दशरथ रंगशालामा अब्दुल्लाहले बताए ।

    उनले टोलीको रणनीति तयार भएको र टप फाइट दिने बताए । उनले नेपालमा केही समय अभास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र केही अभ्यास खेलपछि कुवेत जाने बताए ।

    एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज (शुक्रबार)देखि नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा आफ्नो प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा कप्तान किरणकुमार लिम्बूबाहेक अन्य खेलाडीको उपस्थित रहेको थियो । किरण भने माल्दिभ्सको शीर्ष डिभिजन लिगमा व्यस्त छन् ।

    छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् । यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

    नेपाली टोली


    गोलकिपरः किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
    रक्षकः अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी
    मिडफिल्डरः आयुष घलान, मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
    स्ट्राइकरः विमल घर्तीमगर, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

  • सम्बन्धित विषय:

  • # प्रशिक्षक अब्दुल्ला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology