नेपालमा कोरोना भाइरस परीक्षणको शुल्क आजबाट कार्यान्वयनमा आउने गरी घटेको छ।
आजैबाट लागु हुनेगरी कोरोना परक्षिणको शुल्क घटाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिनेछ ।
यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो। यस्तै सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ। लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ।
यस्तै निर्धारण गरिएको भन्दा धेरै शुल्क कसैले पनि लिन नपाउने सहप्रवक्ता अधिकारीले बताए ।‘अब सङ्क्रमितको सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिको मात्र निःशुल्क परीक्षण गर्ने निर्णय भएको छ।’