Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुध बोक्ने नेपाल डेरीको ट्याङ्करमा भेटियो युरिया मल

दुध बोक्ने नेपाल डेरीको ट्याङ्करमा भेटियो युरिया मल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०७९ आइतवार • ११:५५:४२ बजे
  • 1.0K
    SHARES
  • दुध बोक्ने नेपाल डेरीको ट्याङ्करमा भेटियो युरिया मल

    डेरीको ट्याङ्करमा दुध बोक्ने हो तर सशस्त्र प्रहरी बलले भने डेरीको ट्याङ्करभित्र युरिया मल फेला पारेका छन् ।

    images

    सर्लाहीको बरथहवााबट नयाँरोडतर्फ आउँदै गरेका ट्याङ्कर चेकजाँच गर्ने क्रममा सशस्त्रको गस्ती टोलीले युरिया मल फेला पारेका हुन् ।

    शनिबार दिउँसो मरथहवा सडक खण्डको गुम्बा चोकमा चेकजाँच गर्दा २५ हजार मूल्य बराबरको २५ बोरा युरिया मल फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

    11.jpg

    सशस्त्र प्रहरी निरीक्षक योगराज थापाको नेतृत्वमा रहेको टोलीले ना. ६ ख १०६६ नम्बरको ट्याङ्करलाई खानतलासी गर्दा मल फेला पारेका थिए । ट्याङ्करभित्र रहेको तीन वटा खण्डहरुमध्ये एक खण्डमा मल फेला पारेका थिए ।

    चालक र सहचालकसहित गाडीसहित भन्सार कार्यालयमा बुझाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology