Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जा जिप दुर्घटना : मृतक सबैको सनाखत

स्याङ्जा जिप दुर्घटना : मृतक सबैको सनाखत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०७९ आइतवार • १६:२८:२७ बजे
  • 1.3K
    SHARES
  • स्याङ्जा जिप दुर्घटना : मृतक सबैको सनाखत

    स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ ।

    images

    मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय वीरबहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।

    दुर्घटनामा चालक सहित ६ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चालकसहित ३ जनालाई उपचारका लागि पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

    सामान्य घाइते भएका ३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ । डाडाखर्कबाट वालिङतर्फ आउँदै गरको ग १ ज ७३ ९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

     

    स्याङ्जामा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु

     स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु प्रहरीले दाबी गरेको छ ।

    जीपमा सवार १३ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिए ।

    दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी रहेको प्रहरी जवान क्षेत्रीले बताए ।

    २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ ।

    उनीहरूलाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मृतक सबैको सनाखत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology