Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पल शाहलाई नवलपुर अदालत लगिँदै,दुवैलाई सफाइ दिन पनि सक्ने

पल शाहलाई नवलपुर अदालत लगिँदै,दुवैलाई सफाइ दिन पनि सक्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०७९ बुधवार • ०९:५९:२२ बजे
  • 931
    SHARES
  • पल शाहलाई नवलपुर अदालत लगिँदै,दुवैलाई सफाइ दिन पनि सक्ने

    बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहलाई आज (बुधबार) नवलपरासी पूर्व लगिने भएको छ । जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएको हो ।

    images

    त्यहाँ पनि एक नाबालिग गायिकातर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएको हो । दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । तर पल शाहले कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

    उच्च अदालतमा केही दिनपछि यस विषयमा सुनुवाइ हुँदैछ । यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो । जिल्ला अदालत तनहुँमा भने उनको बकपत्र गराइसकिएको छ ।

    साक्षी बुझ्ने काम भने जारी रहेको जिल्ला अदालत तनहुँ स्रोतले जनाएको छ । यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियो । मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन् । त्यसअघि जाहेरवाला पीडितका बुबाको पनि बकपत्र भएको छ । यसअघि पीडितको बकपत्र गराउँदा पनि उनी साथै थिए ।

    पीडित नाबालिग भएकाले त्यतिबेला पनि उनलाई संरक्षकका रुपमा साथै राखिएको हो । बुबासँगै हुँदा पीडित नाबालिगले पलले बलात्कार नगरेको बयान दिइन् । मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो ।

    अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बयान दिएका छन् । यसअघिको जाहेरीमा गरिएको दाबी झुटो भएको र अरुको उक्साहटमा उजुरी हालिएको उनीहरुले बताए ।

    यससँगै फैसला प्रभावित हुन सक्ने अनुमान गरिएको छ । अदालतले आफैं गराएको बयानलाई विशेष प्रमाणका रुपमा लिन्छ । तर केही घटनामा पीडितले इन्कार गरे पनि अदालतले दोषी ठहर गरेका उदाहरण पनि छन् ।

    यस्तै झुटो जाहेरी दिएको भन्दै पीडितलाई नै सजाय हुन सक्ने समेत कानुनी व्यवस्था छ । तर पीडित नाबालिग भएकाले त्यसको पनि दुई तिहाई मात्रै सजाय हुन सक्ने व्यवस्था छ । अदालतले दुवैलाई सफाइ दिन पनि सक्ने छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology