Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०७९ बिहिवार • १०:१२:३३ बजे
  • 1.3K
    SHARES
  • विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् ।

    images

    उनी तीन दिने भ्रमणका लागि काठमाडौँ आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार टेड्रोस भारत हुँदै नेपाल आउन लागेका हुन् ।

    टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

    कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण पनि उनले गर्नेछन् । भ्रमण १० वैशाखसम्म हुने छ ।

  • सम्बन्धित विषय:

  • # विश्व स्वास्थ्य संगठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology