Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मेलम्ची बाढीपहिरो पीडितलाई सुख्खायाम नसकिँदै वर्षाको चिन्ता

मेलम्ची बाढीपहिरो पीडितलाई सुख्खायाम नसकिँदै वर्षाको चिन्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०७९ बिहिवार • १४:३६:४२ बजे
  • 958
    SHARES
  • मेलम्ची बाढीपहिरो पीडितलाई सुख्खायाम नसकिँदै वर्षाको चिन्ता

    सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढीपहिरो पीडितलाई सुख्खायाम नसकिँदै वर्षायामको चिन्ता लागेको छ । बाढी प्रभावित भएर घरबास गुमाएमा आधाभन्दा बढी नागरिकलाई जीवन गुजारा चलाउने चिन्ता सँगसँगै नजिकिँदो बर्खाले पनि पिरोल्न थालेको छ । मेलम्चीकी रमा धिताल भन्छिन्, “जग्गाको कमाइ बेचेर घर व्यवहार चलेको थियो ।

    images

    अहिले गुजारा गर्न धौ-धौ भएको छ । अहिले कोठा भाडामा बस्दै आएका छौँ । कमाइ गर्ने एक रोपनी खेतमा गेग्रान थुप्रिएको छ ।” धिताल परिवारको मनमा भने कसरी गुजारा चलाउने भन्ने चिन्ता छ । “आम्दानीको स्रोत पसल पनि घरसँगै बाढीमा पर्‍यो,” चनौटेका सागर श्रेष्ठ भन्छन्, “अब खाद्य संकटले सताउला भन्ने पो चिन्ता छ ।

    बाढीले बगाएको घरको २० लाख ऋण नेपाल राष्ट्र बैंकमा तिर्न नसकेर समस्या छ ।” बाढीले ल्याएको १७ मिटरसम्मको गेग्रान उस्तै छ । मेलम्ची नदीले पुरानै धार समाउन सकेको छैन ।

    अब वर्षायाम सुरु हुन दुई महिना मात्र बाँकी रहँदा फेरि बाढी आए के हुने हो ? बाढी प्रभावित बाटुली श्रेष्ठको चिन्ता छ । खेतीयोग्य जमिन कति गुम्यो सरकारले अहिलेसम्म तथ्यांक संकलन गर्न भ्याएको छैन । पहिले घर खेत हुने ठाउँमा अहिले खोला बग्छ । बचेका बस्ती, सडक र झोलुङ्गे पुल जोगाउन स्थानीय सरकारले चासो देखाएको छैन ।

    चनौटेको बेलिब्रिज बनाउनेबाहेक केन्द्र सरकारले अरु काम गर्न नसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गत १ असार र १६ साउनमा आएको बाढीले मेलम्ची, हेलम्बु र याङ्ग्री क्षेत्रका ७० प्रतिशत बढी नागरिक विस्थापित भए थिए ।

    सरकारले सबै बिस्थापितलाई सुरक्षित स्थानमा घर जग्गा उपलब्ध गराउने र अस्थायी टहरामा बस्नेलाई पाँच लाख दिने भनिएको थियो । तर, जुन पूरा हुन सकेको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology