Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिर

केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०७९ शुक्रवार • १०:०३:१७ बजे
  • 1.0K
    SHARES
  • केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिर

    नायिका केकी अधिकारीले विवाह गरेकी छन् ।

    images

    केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् । तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

    करिष्मा मानन्धरले नाम फेरेर राखिन् ‘सूर्यकुमारी’

    नेकपा (एमाले)मा प्रवेश गरेकी अभिनेत्री करिष्मा मानन्धरले आफ्नो फेसबुक पेजमा नाम फेरेकी छन् । उनले बिहीबारदेखि आफ्नो वास्तविक नाम पछाडि ‘सूर्यकुमारी’ थपेकी छन् ।

    एक महिनाअघि एमाले प्रवेश गरेकी उनले ३ लाख ७६ हजार फलोअसै रहेका भेरिफाइड फेसबुक पेजलाई परिवर्तन गरेर करिष्मा मानन्धर ‘सूर्यकुमारी’ राखेकी हुन् ।

    केही समयअघि बुटवलमा नेकपा (एमाले)को सभामा बोल्दै अभिनेत्री मानन्धरले आफ्नो नाम सूर्यकुमारी भएको बताएकी थिइन् । आफ्नो नाम एमालेको चुनाव चिन्हसँग मिलेका प्रसंग निकाल्दै उनले न्वारनको नाम सूर्यकुमारी भएको बताएकी थिइन् ।

    त्यसपछि उनी सूर्यकुमारी नामले सामाजिक सञ्जालमा छाएकी थिइन् । कतिपयले नामकै कारण उनलाई ट्रोलसमेत गरे । टाइमलाइनमा व्यापक चर्चा भएपछि करिष्माले पुनः आफ्नो नामले पोलेको भन्दै आलोचकलाई जबाफ दिइन् ।

    करिष्माको सूर्यकुमारी नामप्रतिको मोह अब भाषणमा मात्र सीमित रहेन । उनले सामाजिक सञ्जालमै यो नामलाई प्रवेश गराइदिएकी छन् ।

     

  • सम्बन्धित विषय:

  • # केकी अधिकारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology