Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जिम्बाब्वेसँग खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा, को–को परे ?

जिम्बाब्वेसँग खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा, को–को परे ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०७९ शुक्रवार • १०:०६:४० बजे
  • 757
    SHARES
  • जिम्बाब्वेसँग खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा, को–को परे ?

     नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाब्वेविरुद्ध हुने एक दिवसीय र टी–२० खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

    images

    क्यानले सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा शुक्रबार बिहान गरेको हो । नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने बताएको छ ।

    नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी–२० खेल खेल्ने छ । ५० ओभरको सिरिज १७–२१ वैशाखसम्म चल्ने छ । टी–२० सिरिज २३–२६ वैशाखसम्म हुने छ ।

    नेपाली टिम
    सन्दीप लामिछाने (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology