Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीका सन्देश छिनाल पक्राउ

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीका सन्देश छिनाल पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • ००:०९:५६ बजे
  • 1.0K
    SHARES
  • नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीका सन्देश छिनाल पक्राउ

     म्याग्दीका सन्देश छिनाल नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन ।

    images

    पर्वत जलजला गाउपालिका वडा नं. ३ वारीबेनीमा ४ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी बेनी नगरपालिका वडा नं. ४ का सन्देश छिनाललाई प्रहरीले पक्राउ गरेको हो ।

    छिनाल हाल पर्वत जलजला गाउपालिका वडा नं. ३ वारीवेनीमा डेरा गरी बस्दै आएका थिए । बर्ष २२ को सन्देश छिनालले जबरजस्ती करणी गरी बेहोस अवस्थामा आफन्तले भेटी उपचारको लागी बेनी अस्पताल म्याग्दी लगिएको भन्ने सुचना प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी वारीवेनी पर्वतबाट प्रहरी सहायक निरीक्षक बिराज ढकालको कमाण्डमा टोली खटिई निज सन्देश छिनाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहारी कार्यालय पर्वतको प्रहरी निरीक्षक प्रकाश राउतको कमाण्डको टोलीले विस्तृत अनुसन्धानको लागी निज सन्देश छिनाललाई करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालबाट पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology