Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा शिवाकोटी

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा शिवाकोटी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • ०९:५४:२३ बजे
  • 1.3K
    SHARES
  • वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा शिवाकोटी

    अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

    images

    शुक्रबार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा अभिनेत्री वर्षाले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन् । अभिनेत्री वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

    त्यसोत, केही समय अगाडि मात्रै अमेरिका पुगेर वर्षा फर्किएकी थिइन् । आशिष पेशाले इन्जिनियर हुन् । विवाह समारोहमा परिवारका सदस्य, आफन्त र साथीहरुको उपस्थिति रहेको बताइएको छ ।

    विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको पनि बताइएको छ । ‘नाइँ नभन्नु ल २’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री वर्षाले ‘पशुपतिप्रसाद’, ‘वीर विक्रम २’, ‘लप्पनछप्पन २’, ‘पुरानो बुलेट’लगायतमा काम गरेकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology