Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा उक्लियो

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा उक्लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • १०:०७:४७ बजे
  • 1.2K
    SHARES
  • दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा उक्लियो

    दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग ९आइपीएल० २०२२ को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति जितका लागि २२३ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रनमा समेटियो ।

    images

    दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए ।

    रोभम्यान पावेलले ३६ रनको योगदान गरे । राजस्थानका प्रसिद्ध कृष्णले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए ।

    यसअघि मुम्बइमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो ।

    राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित ११६ रन बनाए । यस्तै, देवदत्त पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए ।

    दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए । जितसँगै राजस्थानले सात खेलबाट ५ खेलमा जितसहित १० अंक बनाउँदै शीर्ष स्थानमा छ ।

    दिल्ली ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक बनाएर छैटौँ स्थानमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology