कमल भण्डारी
तिम्रो नोट मेरो भोट ?
नयाँ वर्षको आगमन सगै वसन्त ऋतुको हरियालिले र आसन्न स्थानीय चुनावको माहोलले गर्दा अहिले सात सय त्रिपन्न तह नै बसन्त ऋतु झै चुनाव प्रचार प्रसारमा दलका नेतृत्व आफ्नो दलको घोषणा पत्र बोकेर घर दैलो गरदै मतदातालाइ आफ्नो मत चिन्हमा भोट जम्मा गर्नको भरपुर प्रयास गरेको देखिन्छ । यो बर्ष २०७९ चुनावी वर्ष हुने छ। आसन्न स्थानीय चुनाव पछि संघ र प्रदेशको पनि चुनावी शुरू हुनेछ । त्यस कारण यो वर्षको शुरूवात बाट नै बसन्त ऋतु जस्तै चुनावी वर्ष लागु हुने भयो ।
लोकतान्त्रिक मुलुकहरूमा प्रत्येक पाँच बर्षमा चुनाव हुने उक्त चुनावबाट बिजय प्राप्त गर्ने उम्मेदवारले पाँच बर्षको लागि राज्य र जनताको सेवा गर्ने अवसर प्राप्त गर्ने छन । गत २०७४ को स्थानीय चुनावबाट ३५२२१ पैतिस हजार दुइ सय एकाइस जन प्रतिनिधि चयन भएर पाँच वर्षे कार्यकाल पुरा गर्दैछन । यति ठुलो जनप्रतिनिधि संख्याले ७५३ सात सय त्रिपन्न स्थानीय तहमा जन अपेक्षालाई केन्द्र बिन्दुमा राखी आफ्नो कार्यकाल पूरा गरे या राज्य दोहन गर्ने इजाजत प्राप्त गरि ब्रहामालुट गरे? यो समिक्षाको बिषय दर्ज भएको छ ।
हिजोको एकात्मक राज्य व्यवस्थामा सबै शक्ति केन्द्रिकरण भयो एकात्मक व्यवसथाले राज्यलाई विकास र जनताको जनअपेक्षा अनुसार कार्य हुन सकेन भनेर त्यसैको विरुद्धमा परिवारवादलाई अन्त्य र जनताकोवादलाई पश्रय दिएर आज संघिय राज्यमा परिणत भयो केन्द्रिकरण शक्ति आज गाँउ गाँउमा पुग्यो तर जन अपेक्षा अनुसार संघियताले जनताको मुलभुत समस्या नाना छाना अन्न शिक्षा स्वास्थ्य रोजगारी पूर्वाधार कृषि पर्यटन, जलविद्युत,तमाम क्षेत्रको जटिलातको हल गरी खुशी नेपाली समृद्धि देशको अपेक्षा पूरा भयो त?
चुनावमा भाग लिनु र उक्त भोटको मैदानबाट भारी मतले बिजय हुने कुरा ठुलो होइन ! ठुलो बिषय त यो हो तपाईं उम्मेदवार भएपछि जनप्रतिनिधिको हैसियतमा पाँच बर्षे कार्यकालमा कुन कुन बिषयलाई ध्यान राखी समाज रूपान्तरण गर्नु भयो! मुख्य चासो त्यहाँनिर देखिन्छ । कि आफ्नो कार्यकालमा चुनावी खर्च उठाउने कार्यमा तल्लिन भएर राज्य दोहन गर्ने प्रमाणपत्र प्राप्त गरी परिवारिक व्यक्तिगत सुधारमा व्यतित भयो?
व्यवस्था जति नै असल भएपनि यदि कार्यन्वयन गर्ने व्यक्ति पत्तु भयो भने व्यवस्थाले जनचाहाना पुरा नहुने रहेछ यसैको उदाहरण हो गत चुनाव जस्तो जनअपेक्षा थियो तर जनताको माग अनुसार जनअपेक्षा पूरा होला भन्दा जनप्रतिनिधि नै ठेक्का पट्टामा र डोजरे विकासमा तल्लिन भएर स्थानीय समस्या ज्यूका त्यु रहेका छ्न ।
एउटा भनाइ नै छ बिरालो कालो होस वा सेतो तर बिरालो मुसो मार्ने हुनपर्छ ! भन्नुको तात्पर्य यहि हो । किनभने अधिकार दिएर मात्रै मुलुक सम्पन नहुने रहेछ । राज्य रूपान्तरणको लागि असल नेतृत्व सहित मिसन भिजन भएको प्रतिनिधिले मात्रै नेपालीको अपेक्षा पूरा गर्नेछन । तर अहिले यस्तो अवस्था देखिदैन किनभने पूँजिपति र दलाल ठेक्का पट्टा गर्ने व्यापारी नै पार्टीमा हालिमुलि गर्ने देखिन्छ नेतृत्वले पनि सम्पतिको मापन गरि प्रतिनिधि चयन गर्ने अनि जनताले विकासको अपेक्षा गर्ने अव कसरी हाम्रा समस्या सम्बोधन हुन्छन व्यापारीको काम भनेको लगानिबाट नाफा प्राप्त गर्नु हो । राजनिति भनेको व्यापार होइन सेवा हो तर आज सेवाको नाममा व्यापार भएको छ ।
आसन्न स्थानीय चुनाव तिर प्रवेश गराै अव समस्यालाई मात्रै प्रदर्शन गरी राज्य र नागरिक बिचको जटिलतालाई अन्त्य गर्न सकिदैन । अव जनभावना अनुसार र नागरिक र देशलाई रूपान्तरण गर्नको लागि मुख्य आधारभुत आवश्यकता भनेको नेतृत्व नै हो अव हामीले दल हेरि मतदान गर्ने कि तटस्थ भएर दल जे भएपनि असल नेतृत्वलाई मतदान गरी स्थानीय विकास गर्ने यो विषय अहिले धारिलो र पेचिलो हो । कस्तो जनप्रतिनिधि चयन गर्दा स्थानीय सरकार दरिलो र खरो बन्न सक्छ हामी सबै एक पटक समिक्षा गराै गत चुनावबाट चयन भएका नेतृत्वले स्थानीय विकास गर्न सकेन एक पटक मनन गराै ।
हाम्रा जटिलता किन ज्यूका त्यु यथावत रहे ! जनता सजग हुनुपर्ने देखिन्छ । एक बोतल बियर र खशी र राँगा ह्याकुलामा मतदान गरदा त्यसको परिणाम कस्तो हुन्छ । एक पटक समिक्षा गराै राज्य रूपान्तरण हुन नसकने कारणहरू के के हुन? किन जनअपेक्षा पूरा हुन सकेन तमामा बिषयमा गहन भएर सोच्नु बाध्य बन्ने छौ।स्थानीय नेतृत्व कस्तो हुनुपर्छ! भनु भन्दा पहिला अघिल्लो स्थानीय नेतृत्वको बिषयमा थोरै भएपनि समिक्षा र विश्लेषण गराै ताकि आसन्न चुनावी मैदानमा भाग लिएका नेतृत्वलाई साहस र राहत मिलोस ।
म्याग्दी जिल्ला हिमाली भुभाग भएको जिल्ला हो यस्मा कसैको दुइमत छैन । म्याग्दी जिल्ला एक नगरपालिका र पाँच गाउँपालिकामा बिभाजन भएको र गत बर्षको जनगणना तथ्याङक अनुसार एक लाख सात हजार तिन सय बहत्तर मात्रै जनसंख्या भएको हिमाली जिल्ला र उत्कृष्ट राजनितिक नेतृत्व पाउन नसकेको जनतालाई अनुभुति भएको जिल्ला हो ।
अव केहि भएपनि रघुगंगा गाउँपालिकाको सेरोफेरो तिर प्रवेश गराै नेतृत्वले पूर्णता भएको विकासको लागि दरिद्र भएको पालिका हो किन भने सबै तहको नेतृत्वमा पहुच हुदा पनि पालिकाको समस्या ज्यू का त्यू छन । त्यसकारण प्रदेशमा सांसद जिल्लामा समन्वय समिति प्रमुख र धनाड्य गाउँपालिका प्रमुखको पद धारण गरे पनि जन अपेक्षा हिजो जस्तो थियो आज पनि त्यहि अवस्था कायम रहनुले के संकेत गरेको देखिन्छ भने पदको लागि करोड खर्च गरी चर्चा लिने तर जनअपेक्षा अनुसार कुनै पनि कार्य सम्पन्न नगर्ने पालिकाको रूपमा स्थापित भएका छन ।
केहि अंश विश्लेषण गराै साविक वडा नम्बर नाै साझापानीबाट शुरूवात गराै धनाड्य पालिका प्रमुख निर्वाचित भए तर पाँच बर्षे कार्यकालमा उक्त गाउँको विकाश र निकासको बिषयमा ब्याख्या गर्ने हो भने पत्तु नै देखिन्छ किनभने कसरी निकम्मा देखियो यसर्थमा शिक्षा स्वास्थ्य रोजगारी कृषि पूवार्धार पर्यटन दुध माछा मासु तमामा क्षेत्रमा हिजो जस्तो जटिल समस्या थियो। आज पनि उहि अवस्थामा अवस्थित छ भने फेलियर नेताको किलिएर कुरा!! बिश्वास गरि फेरि त्यहि व्यक्ति अथवा नेतृत्वको आचरण र कस्तो नेतृत्व मात्रै सवल र योग्य हुन्छ मनन ग्रहण गराै मिसन र भिजन बिनाको नेतृत्वले समाज रूपान्तरण गर्छ भनु र खडक प्रसादले नेपालमा बेरोजगारी समस्या अन्त्य भयो भनु उस्तै हो । शब्दमा अन्त्य भयो तर यथार्थ जस्ताको त्यसतै कायम रहेको छ ।
आसन्न स्थानीय चुनावी नेतृत्वबाट कस्तो व्यक्ति चयन भयो भने मात्रै पालिका भित्रको समस्या हल हुन सक्छ र जनअपेक्षा अनुसार जनगुनासो र जनचाहाना पूरा हुनेछन मिसन भिजन योग्य दक्ष सक्षम कुशल प्रवल व्यक्ति छनोट भए मात्रै हामी सबैका अपेक्षा सम्बोधन हुने छ।
सके सम्म योग्य र वडा र पालिकाको काम कर्तव्य बारे पूर्ण जानकारी भएको र कुन काम कर्तव्य वडा र पालिकाले सम्बोधन गर्न सक्छ भने पूर्ण दक्ष नेतृत्वले मात्रै हाम्रा जटिलताहरू हल गर्ने छन ।
आशा गराै अव स्थानीय बिजेताले वडा र पालिकाको निति नियममा दक्ष भएको र स्थानीय सरकार संचालनमा भिजन भएको व्यक्ति आएमा मात्रै हामी सबैको जित हुने छ । पालिका अध्यक्षले तपसिल बुँदालाई कार्यन्वयन गर्ने योग्य भए मात्रै हाम्रो होइन राम्रो पालिकामा दर्ज हुनेछ र हामी सबैका अपेक्षा पूरा पनि हुने छन ।
(1) नगर प्रहरी
(2) सहकारी संस्था
(3) एफ.एम. सञ्चालन
(4) स्थानीय कर, सेवा शुल्क तथा दस्तुर
(5) स्थानीय सेवाको ब्यवस्थापन
(6 स्थानीय तथ्यांकन र अभिलेख संकलन
(7) स्थानीयस्तरका विकास आयोजना तथा परियोजना
(8) आधारभुत तथा माध्यामिक शिक्षा
(9) आधारभुत स्वास्थ्य र सरसफाई
(10) स्थानीय बजार ब्यवस्थापन
(11) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई
(12) स्थानीय अभिलेख ब्यवस्थापन
(13) जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण
(14) कृषि तथा पशुपालन, कृषि उत्पादन ब्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
(15) जेष्ठ नागरिक,अपांगता भएका ब्यक्ति र अशक्तहरूको ब्यवस्थापन
(16) बेरोजगारको तथ्यांक संकलन
(17) बैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सिप र उद्धमशीलताको उपयोग
(18) खानेपानी,साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा
(19) विपद् ब्यवस्थापन
(20) भाषा संस्कृतिक र ललितकलाको संरक्षण र विकास
उल्लेखित बिषयमा पालिका प्रमुखले कार्यन्वयन गर्ने र वडा प्रमुखले तपसिल काम कर्त्वय प्रति जिम्मेवारी भएर पूरा गर्ने हो भने हाम्रो पालिका राम्रो पालिका हुने छ । वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका पेस गर्ने ,वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यन्वयन गर्ने, गराउने, सोको अनुगमन तथा आवधिक समिक्षा गर्ने, गराउने गरे असफल होइन सफल वडा र पालिका भएर दर्ज हुने छ । आशा चाहि गराै भरोसा भने गर्न सकिदैन किनभने एक करोड खर्च गरि पालिका र वडा प्रमुखमा भिडनु पर्ने छ!