Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दाइजो नदिएको भन्दै निर्घात कुटपिट

दाइजो नदिएको भन्दै निर्घात कुटपिट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १४, २०७९ बुधवार • १०:०९:५६ बजे
  • 1.0K
    SHARES
  • दाइजो नदिएको भन्दै निर्घात कुटपिट

    सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ।

    images

    आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो।

    उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ।

    ‘आइतबार राति साढे ७ बजेतिरको घटना हो, तलाईं मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीता देवी, जेठानी अञ्जु, नन्द रुजु, गाउँकै नाता पर्ने विणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अचेत भएँ,’ उनले भनिन्न।

    यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # दाइजो नदिएको भन्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology