Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३९ हजार कोरोना संक्रमितमध्ये २१ हजार ४ सय १० जना उपचारपछि घर फर्किए

३९ हजार कोरोना संक्रमितमध्ये २१ हजार ४ सय १० जना उपचारपछि घर फर्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७७ सोमवार • १७:३९:२२ बजे
  • 910
    SHARES
  • ३९ हजार  कोरोना  संक्रमितमध्ये २१ हजार ४ सय १० जना उपचारपछि घर फर्किए

    नेपालमा कोरोना संक्रमितको संख्या पनि ३९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ८ सय ९९ जनासहित देशभर संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । संक्रमितमध्ये २१ हजार ४ सय १० जना उपचारपछि घर फर्किएका छन् भने २ सय २८ जनाको ज्यान गएको छ ।




    पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले ३ महिला र ४ पुरुषसहित ७ जनाको मृत्यु भएको जनाएको छ । कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।

     

    मन्त्रालयका अनुसार महोत्तरीमा ४ वर्षीया बालिका, गोरखामा ६५ वर्षीया महिला र रुपन्देहीमा ६८ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै झापामा ८६ वर्षीय पुरुष, रौतहटमा ४० वर्षीय पुरुष, चितवनमा ७८ वर्षीय पुरुष र भक्तपुरमा ७७ वर्षीय पुरुषको ज्यान गएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology