Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यी सात विमानस्थल आजदेखि दैनिक १८ घन्टा चल्ने, अब राति पनि उडान

यी सात विमानस्थल आजदेखि दैनिक १८ घन्टा चल्ने, अब राति पनि उडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०७९ बिहिवार • १०:०३:४६ बजे
  • 1.3K
    SHARES
  • यी सात विमानस्थल आजदेखि दैनिक १८ घन्टा चल्ने, अब राति पनि उडान

    आजदेखि थप सात ओटा विमानस्थल दैनिक १८ घन्टा सञ्‍चालनमा आउने भएका छन् ।

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई दैनिक १८ घन्टा सञ्‍चालनको अनुमति दिएको हो ।

    यी विमानस्थल हालसम्म १२ घन्टा मात्र सञ्‍चालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घन्टासम्म सञ्चालन हुने भएका हुन् ।

    विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।

    प्राधिकरणको यो निर्णयले विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।

  • सम्बन्धित विषय:

  • # अब राति पनि उडान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology