Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोटरसाइकल दुर्घटना हुँदा म्याग्दीमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा म्याग्दीमा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०७९ बिहिवार • १०:१०:४७ बजे
  • 844
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा म्याग्दीमा एक जनाको मृत्यु

    म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    images

    दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

    किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ ।

    बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology