Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०७९ बिहिवार • १०:५७:४४ बजे
  • 877
    SHARES
  • अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

    अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका–१ का मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो ।

    images

    स्थानीय तपेन्द्र बुढालगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।

    स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ ।

    तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् । चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

    मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था गम्भीर छ । तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हातखुट्टामा चोट लागेको छ ।

    उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology