Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर : अध्ययन

दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर : अध्ययन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०७९ बिहिवार • ११:०२:५२ बजे
  • 985
    SHARES
  • दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर : अध्ययन

    दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ ।

    images

    अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् ।

    ‘ठुलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने सो संस्थाले जनाएको छ । दम एक ब्रेदिङ डिसअडर हो जसअन्तर्गत श्वासनली साँघुरो हुन्छ, फुल्छ र धेरै खकार आउँछ ।

    स्वा स्वा हुनु, श्वास फेर्न कठिनाइ हुनु, छाती दुख्नु, खोकी लाग्नु यसका लक्षण हुन । अस्थमाले विश्वभर करिब १३ करोड ६० लाख महिलालाई असर गरेको छ ।

    बेलायतमा पछिल्लो पाँच वर्षमा दमका कारण ५१ सयभन्दा बढी महिलाहरूको मृत्यु भएको छ । सोही अवधिमा २३ सयभन्दा थोरै पुरुषहरूको यो रोगबाट मृत्यु भएको छ ।

    अध्ययनअनुसार महिला सेक्स हर्मोनहरूमा परिवर्तनहरूले दमको लक्षणहरू देखिने गरेको र त्यसबारे धेरै मानिसहरू अनभिज्ञ छन् । बाल्यअवस्थामा यो रोग बालकहरूमा बढी देखिन्छ । तर, यौवन अवस्थापछि स्थिति परिवर्तन हुन्छ र महिलाहरूमा दम अधिक देखिन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology