Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु

पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०७९ बिहिवार • १४:५१:०५ बजे
  • 772
    SHARES
  • पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु

    भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ स्थित कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालबाट आमाछोरा हाम्फालेका छन् ।

    images

    गएराति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका–९ घर भएर भक्तपुर बस्दै आएकी ७४ वर्षकी मनमाया तिमल्सिनाको मृत्यु भएको छ ।

    पर्खालबाट हाम्फाल्दा मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

    मातुरामको वीर अस्पतालमा उपचार भइरहेको छ । आमाछोरा डिप्रेशनका बिरामी थिए । उनीहरुले लेखेर छाडेको सुसाइड नोट घटनास्थलमा भेटिएको छ ।

    नोटमा मानसिक र शारीरिक रुपले अशक्त भएको हुँदा सो निर्णयमा पुगेको उनीहरुले उल्लेख गरेका छन् । मातुरामले एक वर्षअघि पत्नीसँग डिभोर्स गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

  • सम्बन्धित विषय:

  • # आमाछोरा सँगै हामफाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology