Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गाडेको अवस्थामा एक महिलाको शव भेटियो

गाडेको अवस्थामा एक महिलाको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७९ आइतवार • ११:१३:१३ बजे
  • 775
    SHARES
  • गाडेको अवस्थामा एक महिलाको शव भेटियो

    इलाममा एक महिलाको शव गाडेको अवस्थामा शनिबार भेटिएको छ । इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको हो ।

    images

    गत तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

    महिला हराएपछि आफन्त तथा स्थानीयवासीले खोजी गर्न थालेका थिए । खनेको ठाउँ देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताए । उनले पुरिएको शव निकालेको बताए । हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । बिनिताको श्रीमान्को दुई वर्षअघि विदेशमा मृत्यु भएको परिवारको भनाइ छ । उनीहरुको चार वर्षीया एक छोरी रहेको बताइएको छ ।

    घटना कसरी भयो भन्ने विषयमा इलाम प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने इलामका प्रहरी प्रमुख श्रेष्ठले बताए ।

  • सम्बन्धित विषय:

  • # एक महिलाको शव भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology