Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

चितवनमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवनमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • ०८:२७:४७ बजे
  • 1.1K
    SHARES
  • चितवनमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    चितवनमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको हो ।अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो।

    images

    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला रहेका छन ।

    मृतकहरु सबैमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर दुई दिन अघिसम्म उनीहरूमा कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या नदेखिएको आफन्तले बताएका छन ।

    एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो ।यसअघि, सोमबार बिहानै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो ।योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् ।बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका १–१ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology