Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
  • ट्रेण्डिङ :
images

नेपाल प्रहरी प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

नेपाल प्रहरी प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७९ आइतवार • १६:४३:४४ बजे
  • 370
    SHARES
  • नेपाल प्रहरी प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

    सरकारले नेपाल प्रहरी प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको हो ।

    images

    यसअघि गृहमन्त्री बालकृष्ण खाँणले वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । तर, अन्तिममा प्रधानमन्त्री शेरबहादुर देउवाकै अडानमा सिंह आईजीपीमा नियुक्त भएको बताइएको छ ।

    केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसकै केही नेताहरु रुष्ट थिए ।

    आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएका थिए । तर प्रधानमन्त्री देउवाले आईजीपी नियुक्तिबारे छुट्टै परामर्श गरेका थिए ।

    विवादका कारण ११ बजे बस्ने भनेको मन्त्रपरिषद् बैठक दिउँसो १ बजे मात्रै सुरु भएको थियो । सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए ।

    सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् ।

    आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology