Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चेन्नईसँग हैदरावाद पराजित

चेन्नईसँग हैदरावाद पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७९ सोमवार • ०९:३५:०८ बजे
  • 826
    SHARES
  • चेन्नईसँग हैदरावाद पराजित

    एजेन्सी । सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।

    images

    पुनेमा आइतवार चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रनमा समेटियो । हैदरावादका निकोलस पुरनले अविजित ६४ रन बनाए ।

    कप्तान केन विलियम्सनले ४७ रन तथा अभिषेक शर्माले ३९ रनको योगदान दिए । चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ९९ रन बनाए ।

    डेभोन कोन्वेले अविजित ८५ रनको योगदान गरे । हैदरावादका टी नटराजनले २ विकेट लिए । जितसँगै चेन्नईले ९ खेलबाट ६ अंक जोडेर नवौँ स्थानमा छ ।

    हैदरावाद ९ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । आइतवारकै अर्को खेलमा लखनउ सुपर जायन्टसले दिल्ली क्यापिटल्सलाई ६ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ७ विकेट गुमाएर मात्र १८९ रन बनाउन सक्यो ।

    यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर १९५ रन बनाएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology