Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
  • ट्रेण्डिङ :
images

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, आन्तरिक उडान पुरै ठप्प

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, आन्तरिक उडान पुरै ठप्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • ११:२३:५५ बजे
  • 1.3K
    SHARES
  • त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, आन्तरिक उडान पुरै ठप्प

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

    images

    अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

    त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५/६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेका छौं ।

    सुचना पाएलगत्तै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहित सर्च अपरेसन सुरु गरिएको छ । १० बजेदेखि सर्च अप्रेसन सुरु भएपनि कुनै शंकास्पद वस्तु फेला नपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

    सुचनादिने व्यक्तिको समेत खोजिकार्य सुरु भएको छ । आन्तरिकतर्फको उडान ठप्प रहेपनि अन्तर्राष्ट्रियतर्फका उडानहरु भने जारी रहेका छन् ।

    हाम्रो सिस्टममै कहिंबाट त्यस्तो खालको कल आयो भने पूरै सर्च गर्नुपर्छ ।’ त्यसैले अहिले सबै यात्रुहरूलाई बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेको उनले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology