Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी-२० : जिम्बावे ए माथि नेपालको सानदार जित

टी-२० : जिम्बावे ए माथि नेपालको सानदार जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • २०:३६:०८ बजे
  • 2.0K
    SHARES
  • टी-२० : जिम्बावे ए माथि नेपालको सानदार जित

    नेपालले पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२०मा सहज जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो । जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ ।

    images

    पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी-२० भने वर्षाले रद्द भएको थियो । जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

    नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे । जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

    जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाए । मारुमानीले २७ रन जोड्दा लुक जोग्वेले अविजित २३ रन बनाए । इनोसेन्ट कियाले १४ रन जोडे ।

    नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १÷१ विकेट लिए । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो ।

    अब नेपालले पाहुना टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # नेपालको सानदार जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology