Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आईपीएल क्रिकेटमा बेङ्गलोरसँग चेन्नई १३ रनले पराजित

आईपीएल क्रिकेटमा बेङ्गलोरसँग चेन्नई १३ रनले पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • ११:४५:१७ बजे
  • 1.6K
    SHARES
  • आईपीएल क्रिकेटमा बेङ्गलोरसँग चेन्नई १३ रनले पराजित

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्गलोरले चेन्नई सुपर किङ्गसलाई पराजित गरेको छ । पुणेमा गएराति भएको खेलमा बेङ्गलोरले चेन्नईलाई १३ रनले हराएको हो ।

    images

    बेङ्गलोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । चेन्नईका डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

    बेङ्गलोरका हर्सल पटेलले ३ तथा ग्लेन म्याक्स्वेलले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

    बेङ्गलोरका महिपाल लोमरोरले ४२ रन बनाए । फाप डु प्लेसिसले ३८ र विराट कोहलीले ३० रन जोडे । चेन्नईका महिशले ३ तथा मोइन अलीले २ विकेट लिए ।

    जितसँगै बेङ्गलोरले ११ खेलमा १२ अंक जोडेको छ । बेङ्गलोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा ६ अंकका साथ नवौँ स्थानमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology