Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०७९ शुक्रवार • ०८:२१:०८ बजे
  • 883
    SHARES
  • जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

    पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    images

    बिहीवार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नं.को जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

     

    श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।

    श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology