कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका १ हजार ६९ जनासहित देशभर संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये २२ हजार १ सय ७८ जना उपचारपछि घर फर्किएका छन् भने २ सय ३८ जनाको ज्यान गएको छ ।