Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झापामा बेहुली लिन गएका बेहुला हिरासतमा

झापामा बेहुली लिन गएका बेहुला हिरासतमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • १३:१७:१९ बजे
  • 1.1K
    SHARES
  • झापामा बेहुली लिन गएका बेहुला हिरासतमा

    बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् ।

    उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए ।

    शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजवंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए । तर, दाइजो नदिए बेहुली नलाने भनेको खबरपछि गएको प्रहरीले चौधरीलाई पक्राउ गरिएको प्रवक्ता पाठकले बताए ।

    चौधरीको घर झापा गाउँपाकिलाको वडा नम्बर–४ मा छ । प्रवक्ता पाठकका अनुसार उनीविरुद्ध दाइजोसम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology