Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
  • ट्रेण्डिङ :
images

७२ घण्टासम्म सीमा नाका बन्द हुने

७२ घण्टासम्म सीमा नाका बन्द हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०७९ सोमवार • १०:३२:११ बजे
  • 1.2K
    SHARES
  • ७२ घण्टासम्म सीमा नाका बन्द हुने

    स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले ७२ घण्टासम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।

    images

    मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ उक्त मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज हुनेछ । गृह मन्त्रालयका अनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न निर्देशन भइसकेको छ ।

    अनुमति बेगर सीमाबाट आउ(जाउ गर्न नदिन निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्नेछ ।

    मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने मन्त्रालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology