Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
  • ट्रेण्डिङ :
images

श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०७९ बुधवार • १८:०६:२९ बजे
  • 439
    SHARES
  • श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

    चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स (विप्रेषण) ०.६ प्रतिशतले घटेको छ ।

    images

    नेपाल राष्ट्र बैंकले जारी गरेको ९ महिनाको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशतले रेमिट्यान्स आप्रवाह घटेको हो । यस अवधिमा नेपालमा विदेशबाट ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ भित्रिएको छ ।

    जुन, गत वर्षको तुलनामा ०.६ प्रतिशतले न्यून हो । गत वर्षको यही अवधिमा रेमिट्यान्सको आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले घटेर अहिलेसम्म ६ अर्ब ५ करोड डलर भित्रिएको छ । गत वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतमा सीमित थियो ।

    अहिलेसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या बढेको छ ।

    अहिलेसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५६ हजार ३१ जना पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो ।

    यस्तै, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृत लिने नेपालीको सङ्ख्या १९९.९ प्रतिशतले बढेको छ । अहिलेसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६ हजार ६२९ पुगेको छ । गत वर्ष यस्तो स्वीकृति ६०.७ प्रतिशतले घटेको थियो

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology