Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

करेन्ट लागेर एक जना महिलाको मृत्यु

करेन्ट लागेर एक जना महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०७९ बिहिवार • ११:२४:५० बजे
  • 889
    SHARES
  • करेन्ट लागेर एक जना महिलाको मृत्यु

    उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा बुधवार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ६८ वर्षीय गङ्गामाया खत्री रहेकी छन् ।

    images

    घाँसको भारी बोकेर बेलुकी ४ बजेतिर फर्कने क्रममा नजिकैको विद्युत् पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भूइँमा झरेको तारबाट विद्युत् प्रवाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको र कम्बरदेखि मुनिको सम्पूर्ण भाग जलेको थियो ।

    कटारीस्थित विद्युत् प्राधिकरण शखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भूइँमा झारेका कारण खत्रीको करेन्ट लागेर मृत्यु भएको बताए ।

    उनको मृत्युपछि आफन्तले शव बुझ्न नमानेकाले उक्त शाखाले रु. पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

  • सम्बन्धित विषय:

  • # एक जना महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology