Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
  • ट्रेण्डिङ :
images

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०७९ बिहिवार • १७:२०:३१ बजे
  • 649
    SHARES
  • स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा

    स्थानीय तह निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

    images

    स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सबै तयारी पुरा भइसकेको आयोगले जनाएको हो ।

    बिहीबार पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिएका हुन् । अयोगले भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो ।

    मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको उनले बताए । यस निर्वाचनमा १० हजार सात सय ५६ मतदान स्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताले जम्मा ३५ हजार दुई सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नेछन् ।

    मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार आठ सय ६५ जना स्वयंसेवक आ-आफ्नो मतदान केन्द्रमा पुगिसेको छ ।

    आयोगका अनुसार स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology