Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारीमा

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • ०८:३१:०८ बजे
  • 1.1K
    SHARES
  • काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारीमा
    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने विषयमा आज निर्णय हुने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज निषेधाज्ञाबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

    ‘निषेधाज्ञाबारे आजै तीनै जिल्लाका सिडिओ (प्रमुख जिल्ला अधिकारी) हरू बस्ने कुरा छ। निषेधाज्ञा थप्ने र नथप्नेबारे त्यही बैठकले निर्णय गर्छ,’ उनले भने। निषेधाज्ञाको अवधि लम्ब्याउने वा खुकुलो पार्ने विषयमा पनि आज निर्णय हुने उनले जानकारी दिए।
    काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तीनै जिल्लाका सिडिओहरूले भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञाको आदेश जारी गरेका थिए। पहिलो पटक भदौ १२ गतेसम्म लागू भएको निषेधाज्ञा पुनः भदौ १७ गते (आज) राति १२ बजेसम्मका लागि थप गरिएको थियो। निषेधाज्ञा जारी गरिएकै अविधमा पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरूको संख्या भने घटेको छैन । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेर एक साता थप गर्ने तयारी गरेका छन् ।


    कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटीमा भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको थियो ।


    मंगलबारको बैठकमा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिने विषयमा समेत छलफल भएको थियो भने निर्माणजन्य कामलाई खुला गर्ने बारे पनि छलफल भएको थियो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आज गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । गृहमा हुने छलफलपछि निर्णय हुनेछ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology