Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मतदान गरेर फर्कँदै गर्दा एक वृद्धको मृत्यु,हुम्लामा प्रहरीमाथि ढुंगामुढा

मतदान गरेर फर्कँदै गर्दा एक वृद्धको मृत्यु,हुम्लामा प्रहरीमाथि ढुंगामुढा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १०:०५:५२ बजे
  • 1.4K
    SHARES
  • मतदान गरेर फर्कँदै गर्दा एक वृद्धको मृत्यु,हुम्लामा प्रहरीमाथि ढुंगामुढा

    स्थानीय तहको निर्वाचनमा मतदान गरेर फर्कँदै गर्दा एक वृद्धाको मृत्यु भएको छ ।

    images

    बैतडीको जोगडा केदार गाउँपालिका–३ स्थिति मतदानकेन्द्रमा मतदान गरेर फर्कँदै गर्दा ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको हो ।

    भाटको आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर पुग्नेबेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हुम्लामा प्रहरीमाथि ढुंगामुढा : ७ राउण्ड गोली चल्यो, मतदान अधिकृतसहित २ जना घाइते

     हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ ।

    स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो ।

    ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एक वृद्धको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology