Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १२:०५:०९ बजे
  • 1.3K
    SHARES
  • स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

    स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् ।

    images

    वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।


    प्रहरीले घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेको जनाएको छ ।

    तर, वालिङ प्रहरी कार्यालयले धनजनको क्षतिको विवरण भने आइनपुगेको जनाएको छ । जीप सडकबाट करिब १५० मिटर तल खसेको छ ।

     

    घाइतेहरुलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ केन्द्रमा लगिँदैछ। घटनास्थलमा अहिले उद्धारकार्य चलिरहेको छ ।

     

    गोरखाको पहेंलटार मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

    गोरखामा एक मतदान केन्द्रमा झडप भएको छ । गण्डकी गाउँपालिका ७ पहेलटारस्थित ज्ञानभूमि मावि मतदान केन्द्रमा झडप भएको हो ।

    नेपाली कांग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा लिएर माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए ।

    दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।

    घ्याल्चोक प्रहरी चौकीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कुमार श्रेष्ठले कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology